सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अन्तर्राष्ट्रिय / प्रवास

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

ब्लाष्ट खबर साउन १४, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा
संयुक्त राष्ट्रसंघ/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् ।
हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताएका छन् ।
उनका उपप्रवक्ता फहरान हकले प्रकाशन गरेकाे  विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध हो भनेका छन् ।
महासचिव गुटेरेसले यस्ता आतंककारी हमलाबाट ज्यान गएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनहरुमा समवेदना प्रकट गरेका छन् ।
महासचिव गुटेरेसले जे जस्तासुकै मागहरु भएपनि तिनको समाधान शान्तिपूर्ण प्रक्रियाबाटै समाधान हुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न सो विज्ञप्तिमार्फत आग्रह गरेका छन् । नाइजेरियाको उत्तरपूर्वी सहर बोर्नोमा शनिबार भएको हमलामा परी ती नागरिकको ज्यान गएको थियो ।
एक स्थानीयको मलामी गएर फर्किएका उनीहरुलाई नाइजेरियामा हत्या हिंसा जारी राखेको बोको हराम नामक आतंककारी संगठनले गरेको साङ्घातिक हमलामा ६५ जनाको ज्यान गएको थियो ।
नाइजेरियामा सन् २००९ देखि यहाँको सरकारका विरुद्धमा बोको हरामले हिंसात्मक आन्दोलनको घोषणा गरेको थियो । त्यसयता उनीहरुले गरेका यस्ता हमलाहरुमा परी कम्तीमा पनि २७ हजार नाइजेरियाली नागरिकको ज्यान गइसकेको छ ।
– रासस/सिन्ह्वा 
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

  1. पहाडलाई समृद्ध बनाऊ
    असोज १९, २०८३