दक्षिण–पश्चिम फ्रान्समा वैज्ञानिकहरूले उत्खनन्का क्रममा भीमकाय डाइनासोरको जाङको हड्डी फेला पारेका छन् । बीबीसीका अनुसार यी वैज्ञानिक एक दशक अघिदेखि जीवावशेषको खोजीमा लागिरहेका थिए ।

दुई मिटर (६.६ फिट) को यो जाङको हड्डी ओन्जेक इलाकामा भेटिएको हो र यो सोरोपोड डाइनोसोरको भएको बताइएको छ ।
यो डाइनोसोर शाकाहारी थियो जसको गर्दन लामो र पुच्छरसमेत थियो ।

D2

जुरासिक कालको अन्तिम वर्षहरूमा सोरोपोड सामान्य रुपमा भेटिन्थे । यो अहिलेसम्मकै भीमकाय जनावरमा समावेश छ । जीवावशेषको खोजी गरिरहेका वैज्ञानिकहरु अहिलेसम्म पनि त्यस्तो हड्डी फेलापरेपछि अचम्मित भएका छन् ।

नेशनल हिस्ट्री म्युजियम अफ पेरिसका रोनान एलेनले लो पारिजियाङ अखबारसँग भनेका छन्, ‘हामी यसमा माशंपेशी जोडिएको र घाउ देख्न सक्छौं, ठूलो हड्डीमा यस्तो अवस्था कमैमात्रामा देखिन्छ, त्यो आफैं नै मक्किएर नष्ट हुन्छ ।’

एलेनले पत्रकारहरुलाई बताएअनुसार उनको अनुमानमा १४०० लाख वर्षअघि यस्ता डाइनासोर पाइन्थे । र, यसको तौल ४० देखि ५० टनसम्म हुनसक्थ्यो ।

D4

एउटा स्थानीय अखबार ला शेरोन्ट लिबरेका अनुसार उक्त ठाउँमा सन् २०१० मा सोरोपोडकै एउटा २.२ मिटरको जाङको हड्डी भेटिएको थियो । त्यसको तौल ५०० केजी थियो ।

यो हप्ता भेटिएको हड्डीको तौल पनि यस्तै हाराहारीमा हुनसक्ने सम्भावना छ । तर हाल यसको काम पूरा हुन एक हप्ता समय लाग्न सक्छ । यसका लागि एउटा क्रेनको आवश्यक्ता पर्ने छ ।

ओन्जेकमा अरु के भेटियो
यो हड्डी खोनियेक शहरनजिक शेरोन्ट क्षेत्रमा एक अङ्गुरको बगैंचामा भेटिएको थियो । यो क्षेत्रमा करिब ७० वैज्ञानिक काम गरिरहेका थिए ।

सन् २०१० देखि ४० प्रजातिका ७५०० बढी जीवावशेष भेटिएको छ । पारिजियाङको एउटा रिपोर्टअनुसार यहाँ स्टेगोसोरोसिकको हड्डी र अस्ट्रिच डाइनासोरको एउटा समूह भेटिएको थियो ।

D1

यसबाहेक सन् २०१४ मा अर्जेन्टिनामा डाइनासोको केही यस्ता हड्डी भेटिएको थियो जसलाई वैज्ञानिकले विश्वको सबैभन्दा ठूलो डाइनासोको अवशेष भनेका थिए । यो विशाल जीवको तौल ७७ टन र उचाई झण्डै २० मिटर थियो ।

– बीबीसी