नेटफ्लिक्सको ओरिजिनल वेब सिरिज सेक्रेड गेम्स एक पटक फेरि चर्चामा छ ।

वेबसिरिजमा पङ्कज त्रिपाठीद्वारा निर्वाह गरिएको गुरुजीको भूमिका पहिलो सिजनमा निकै चर्चित भएको थियो । सिरिजको दोस्रो सिजनको अन एयर हुनुभन्दा अघि पङ्कजको यो भूमिका ओशो रजनीशसँग प्रेरित रहेको खबर आइरहेको छ ।

इन्टरनेन्मेन्ट पोर्टल मिड डेका अनुसार पङ्कज त्रिपाठीको भूमिका ८० को दशकका चर्चित ओशो रजनीशबाट प्रेरित छ ।

पङ्कजका लागि यो भूमिका लेख्ने क्रममा ओशोको चरित्रबाट प्रेरित भइएको थियो । यो वेबसिरिजमा पङ्कज त्रिपाठीसँगै सैफ अली खान, नवाजुद्दीन सिद्दिकी, कल्की कोएचलिन र रणवीर शौरी पनि छन् ।

यसअघि नेटफ्लिक्सले ओशो रजनीशमा आधारित एउटा डकुमेन्ट्री बनाइसकेको छ । वाइल्ड वाइल्ड कन्ट्री नामको यो डकुमेन्ट्री चौतर्फी रुपमा प्रशंसित थियो ।

क्रिकेट वल्र्डकपको जितमा आधारित रहेको पङ्कज त्रिपाठीको आगामी फिल्म ‘८३’ आउँदैछ । जसमा उनी टिम इन्डियाका म्यानेजर रहेका मान सिंहको भूमिकामा देखिनेछन् ।

यसबाहेक उनी गुञ्जन सक्सेनामा आधारित फिल्ममा जान्ह्वी कपुरका बुवाको भूमिकामा पनि देखिँदैछन् ।