सिरहा । सप्तरी जिल्लाको सुरुगा नगरपालिका वडा नं. ७ स्थित पर्ने मुनि खोलामा आएको बाढिले यात्रुहरु अलपत्र परेको छ ।

केहि दिन देखि लगातार बर्षाको कारणले सडक अबरुद्ध भएको छ । खोलामा पुल नहुदा पूर्व र पश्चिमबाट आउने गाडीहरू गन्तव्यमा पुग्न नसकेको सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् । खोला नजिक बजार नरहेको करण यात्रुहरु लाई खाना खानकोलाई सास्ती भएको छ । खोलामा पुलको बारेमा सुरुगा नगरपालिका कुनै चासो न देखाएको स्थानीयहरुको गुनासो छ ।

सुख्खा समयमा खोला जस्तो नदेखिने र वर्षामा पानीको बहाब उच्च हुने गरेको छ । सो खोलामा आउने बाढिले प्रत्येक वर्ष बाढीबाट आसपासको गाउँहरु डुबानमा पर्ने गरेका छन् ।
वर्षाको पानीले खोलामा पुल नहुँदा बाटो अबरुद्ध हुँदा पूर्व र पश्चिम बाट आउने गाडीहरू गन्तव्यमा पुग्न सकेको छैन । बाटो अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।