बलिउड अभिनेता राहुल बोस आजभोलि भारतको चण्डीगढमा सुटिङमा व्यस्त छन् । उनी त्यहाँस्थित फाइभस्टार होटलमा सुटिङका लागि बसेका छन् । उनले ट्वीटरमा आफ्नो एउटा भिडियो सेयर गरेका छन्, जसमा उनले दुईवटा केरा मगाएपपछि होटले उनलाई ४४२.५० भारु को बिल थमाइदिएको छ ।

राहुलका अनुसार उनी होटलमा जिम गरेर जब आफ्नो कोठामा गए, उनले स्टाफलाई केरा ल्याउन भने । स्टाफले प्लेटमा सजाएर दुईवटा केरा दिए र साथमा फुड प्लेटरको बिल दिए जसमा जीएटीसमेत दुई केराको दाम ४४२.५० लेखिएको थियो । यो बिल देखेर राहुल तीन छक्क परे ।

 

उनले भिडियोमा भनेका छन्– यो केरा मेरो लागि केही निकै नै राम्रो प्रमाणित भयो ।

सोसल मिडिया प्रयोगकर्ताले गरे रमाइलोः एक प्रयोगकर्ताले अचम्म मान्दै लेखेः यसलाई बनाना मात्रै भनिँदै यसलाई ‘उल्लू बनाना’ भनिन्छ । अर्का प्रयोगकर्ताले स्वर्ण थालीमा ल्याइएको केरा होला भने । अर्का प्रयोगकर्ताले लेखेः तपाईं यति महँगो सुइटमा बस्न सक्नुहुन्छ भने यति महँगो केरा किन्नमा के समस्या छ र ?