देउराली । नाेबेल अस्पतालको लापरबाहीका कारण एसियन थाइफुडका इन्चार्जको मृत्यु भएको भन्दै दुहवीबासी तथा एसियन थाइफुड्का कर्मचारीले कोशी राजमार्गका साथै दुहवी बजार बन्द गरेका छन् ।

आइतबार घुडाको अप्रेशन गर्दा दुहबी नगरपालिका – ६ का ४६ वर्षीय अनिलकुमार साहका मृत्यु भएपछि आन्दोलित बनेका आफन्त तथा स्थानीयले आज दुहबी बजार बन्द गरेका हुन् । 

घरबाट मोटरसाइकल निकाल्ने क्रममा गत विहिबार साहको घुडामा चोट लागेको थियो । सोहि दिन नाेबेल अस्पतालमा उपचार गरेपछि उनी घर फर्केका थिए । शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका उनको हाडर्जोनी तथा नसा रोग विशेषज्ञ डा. धीरज सिंहलगायत टिमले शल्यक्रिया गरेका थिए । शल्यक्रिया पछि परिवारलाई भेट्न नदिई आइतबार मृत्यु भएको भनेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

22 1