धरान  /  धरान १८ स्थित डिपो स्कुलले बास्केटवल खेलाडिहरुलाई सोमवार छात्रवृत्ती प्रदान गरेको छ । जिल्ला बास्केटवल संघ, सुनसरी र धरान बासकेटवल संघ सिफारिसमा बास्केटवल खेल्ने ११ जना विद्यार्थीलाई डिपो स्कुलले छात्रवृत्ती प्रदान गरेको हो ।

छात्रवृत्ती पाउनेहरुमा वंगलादेशमा हालै सम्पन्न १६ वर्ष मुनिका साउथ एसियन बास्केटवल च्याम्पियनसिपमा नेपाल टिममा पर्न सफल वैभव योगी कुवरलाई शतप्रतिशत, रुपेश राई, लाक्पा तामाङ्ग, रोहन श्रेष्ठ, र लियालिसा श्रेष्ठ चार जनालाई ७५ प्रतिशत र युरेका राई, यन्जल खनाल, दिक्षा लिम्वु, मलिका राई, नुप राई र भावना लिम्वु ६ जनालाई ५० प्रतिशत छात्रवृत्ती प्रदान गरेको छ ।
धरान नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईको रोहवरमा स्कुल र संघवीच सम्झौता भएको प्रदेश १ का बास्केटवल प्रशिक्षक विकास चाम्लिङले बताए । सम्झौता पत्रमा डिपो स्कुलका तर्फवाट विद्यालयका कार्यसमिति अध्यक्ष श्रवणकुमार लिम्वु, क्याम्पस प्रमुख राजकुमार राई, क्याम्पस वार्डन खड्कप्रसाद लिम्वु, बास्केटवल संघका तर्फ वाट नेपाल वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी र प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका छन ।

basket 1