Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्यकर्मीको सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि

स्वास्थ्यकर्मीको सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि

alt फाइल फाेटाे
  • असार १३, २०७६
  • रासस
 
काठमाडाैं / स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गरेका छन्  । बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका नकारात्मक कारणले अस्पतालमा भर्ना हुने दशमध्ये एकजनामा नकारात्मक असर पर्ने गरेको र मृत्युसम्म पु¥याएको जनाएको छ ।
यसैगरी दक्षिण एशियाली मुलुकहरुमा मृत्यु हुनेमध्ये २७ प्रतिशत स्वयं स्वास्थ्यकर्मीको भुलचुकले हुने गरेको जनाइएको छ । अस्पतालमा भर्ना भएका बिरामीको अस्पतालकै कारण सङ्क्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगको निर्देश गर्नु, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने गरेको पाइएको सङ्गठनको भनाइ छ । बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास कसरी गर्ने भन्ने ध्येयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठन र निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटीद्वारा संयुक्तरुपमा आज यहाँ सोसम्बन्धी दुईदिने गोेष्ठीको आयोजना गरियो ।
स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीलाई प्रभाव पार्ने तत्वका पहिचान गरी सुरक्षा प्रदान गर्ने विषयमा विश्व स्वास्थ्य सङ्गठन, अमेरिका, बेलायत तथा सार्क क्षेत्रका चिकित्सकले छुट्टाछुट्टै कार्यपत्र गोष्ठीमा प्रस्तुत गर्नेछन् । गोष्ठीको पहिलो सत्रमा शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले उपचार लिन आएका बिरामीको सुरक्षित उपचार गर्नु अस्पताल र स्वास्थ्यकर्मीको प्रमुख दायित्वलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र कार्यान्वयनसमेत गरेको जानकारी दिए । “स्वास्थ्यकर्मीको समूहगत कार्य तथा औषधि, उपकरण, प्रयोगशालाको समन्वयले मात्र बिरामीको सुरक्षा हुन्छ । कहिलेकाहीँ यी कुराभन्दा बाहिर जाँदा बिरामी असुरक्षित हुन्छन् । पछिल्लो समय नेपालका तराई मधेशमा डेङ्गु नियन्त्रणमा चुनौती थपिएको छ । यस्तो अवस्थामा स्वास्थ्य निकाय संवेदनशील बन्नुपर्छ”, उनले भने । स्वास्थ्य सेवा विभागका डा अर्जुन सापकोटाले स्वास्थ्य सेवालाई सुरक्षित बनाउन विभागले स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा जनचेतनामा विशेष ध्यान दिएको उल्लेख गर्दै स्वास्थ्य संस्था र सेवाका कारण बिरामीको मृत्यु हुन नदिन समन्वयकारी कामको खाँचो औँल्याए । अमेरिकाका डा पाउल किलगोरले अस्पताल र बिरामीलाई सुरक्षा प्रदान गर्न सामूहिक कार्यमा जोड दिनुपनेर् बताए । भारतका डा गिरीधर ज्ञानीले स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकले बिरामीको मृत्यु रोक्नु चिकित्सा क्षेत्रका लागि चुनौतीको विषय रहेको औँल्याए ।
सम्बन्धित समाचार
महालेखाको प्रतिवेदनः धरानका कर्मचारीको पनि मनपरी खर्च

विजयपुर । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा धरानका जनप्रतिनिधिहरूले ...

सरकारी संरचनाले पिन्टुमा थपिएको सास्ती

विराटनगर । मध्याह्न १२ बजे । कोशी प्रदेशकै सरकारी अस्पताल ‘कोशी अस्पताल’ मा ...

आकासियो इँटाको मूल्य

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्यमा आएको उतारचढाव र इन्धनको ब ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
महालेखाको प्रतिवेदनः धरानका कर्मचारीको पनि मनपरी खर्च
सरकारी संरचनाले पिन्टुमा थपिएको सास्ती
आकासियो इँटाको मूल्य
जनप्रतिनिधिको वित्तीय अनुशासनहीनता
आजको राशिफलः २०८२ साल चैत ९ गते सोमबार
फनपार्कभित्र युवाबीच झडप
गुँदाला भोजोला ताल
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
लिगामेन्टका एसईई दिने विद्यार्थीलाई विदाई
ब्लाष्ट दैनिकका प्रधानसम्पादक कार्कीसहितलाई ‘कोशी एक्सिलेन्स अवार्ड’
जनताको करमा जनप्रतिनिधिको रजाइँ
मनमोहनमा चिनियाँ पुस्तक जलाइएको घटना: नियत कि भुल ?
दन्त महाविद्यालयको प्रभातफेरी
आजको राशिफलः २०८२ साल चैत ८ गते आइतबार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved