धरान / यही असार ७ गते संचालन गर्ने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको छ ।
प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, विएसी नर्सिङ र विएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जार िनहुञ्जेलसम्मका लागि स्थगित गरेको बताए ।
प्लस टुको रिजल्ट नआउँदासम्म प्रवेश परक्षिा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो । संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो ।
नेपाली विद्यार्थीहरुको सहभागीतालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकाुलपति रौनियारले जानकारी दिए । तर स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गतेनै सूचारु हुने उनल ेबताए । एमडी÷एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको भने ७ गते शनिवार नियमित हुने छ । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो ।