– तपाईंलाई त सबैले जित्छ भन्छन् के छ त्यस्तो जित्ने आधारचाहिँ ?
विगत २० वर्षदेखि उद्योगीव्यवसायीको हितमा रातोदिन नभनि काम गरेको हुँदा सबै उद्योगव्यवसायी माझ परिचित भएकाले व्यवसायीले जिताउँछन् भन्ने पूर्ण विश्वास गरेको छु ।

– जित्ने यतिका विश्वास हुँदाहुँदै नेकपाले तपाईंलाई अध्यक्ष उठायो नि, किन ?
नेकपाले अध्यक्षको रूपमा उठाएको होइन, हामी चार जना उम्मेदवार थियौं । पवन अग्रवाल र राजकुमार राईले मलाई समर्थन गर्दा व्यपारा सङ्गठनले समर्थन गेको हुँदा र केही नेकपाको साथीहरू हुनुहुन्छ । नेकपाले नै चाहिँ उठाएको होइन, समर्थनचाहिँ पार्टीको हो उठाएको चाहिँ होइन ।

– बजार हल्ला त त्यस्तै छ नि, तपाईं आफैं क्यापेबल नभएका कारणले नेकपाले उठाउनु परेको हो भन्ने सुनिन्छ नि ?
त्यो चाहिँ तपाईंको भनाइ हो । मलाई लाग्छ सदस्यमा पनि अध्यक्षको भन्दा बढी मत ल्याएर निर्वाचित हुने गरेको थिएँ । र, त्यसलाई क्यापेबल नभएर भन्न मिल्दैन । मैले व्यवसायीहरूलाई विगतमा गरेको कामका आधारमै व्यवसायीले पत्याएका हुन् । साथीहरूले नै तपाईं अब अध्यक्षमा उठ्नु पर्छ भनेकाले अध्यक्ष पदमा उठेको हुँ ।

– उवासङ्घमा राजनीतीकरण भयो भन्ने कुरा पनि आउँछ त्यस्तो हो त ?
त्यस्तो राजनीतीकरण भएको छैन । राजनीतीकरण भएको भए त राजनीतिक दलका नेताहरू मतदाताको घरदैलोमा जानु पर्ने हो नि । म मतदातासँगै घरदैलोमा हिँडिरहेको छु । राजनीतीकरण भएको छैन ।

– तपाईं अध्यक्षमा निर्वाचित भएपछि सुनसरी उद्योग वाणिज्य सङ्घलाई कुन तहमा पुर्याउने सोच छ ?
उवासङ्घलाई कुन तहमा पुर्याउनेभन्दा पनि उद्योगी व्यवसायीलाई कसरी रामोसँग उद्योग व्यवसाय गर्ने भन्नेतिर लाग्ने छु । धरानबाट उद्योगीव्यवसायी पलायन हुँदैछन् । उनीहरू किन पलायन भइरहेका छन् । उनीहरू पलायन हुनबाट कसरी जोगाउने भन्ने सोच छ । यहाँको पर्यटन व्यवसायलाई कसरी फस्टाउन सकिन्छ । बाहिरबाट आउने पर्यटकलाई यहाँ राम्रो व्यवस्था नभएको हुँदा यो क्षेत्रको पर्यटनको विकासका लागि काम गर्ने इच्छा छ ।

– यसअघिका अध्यक्षले गर्न नसकेका र आफू आएपछि गर्छु भन्नेजस्ता केही योजना छन् कि ?
आफ्नो कार्यकालमा सबै अध्यक्षले राम्रो गरेर जानु भएको छ । फरक मेरो चाहिँ के छ भने धरानमा रात्रिकालीन बजार भानुचौकबाट शुरु गर्ने सोच छ । रात्रिकालीन बजार भानुचौकमा सफल भयो भने अन्य क्षेत्रमा पनि समेट्दै लाने सोच छ । अनि यहाँको स्थानीय तहले लिने करको दर बढाउने भन्दा पनि करको दायरा बढाउनेमा मेरो ध्यान हुने छ । स्थानीय निकायसँग मिलेर सबैलाई करको दायरामा ल्याउने तर, दर नबढाउने सोच छ । धरानमा घरभाडाको पनि समस्या छ । स्थानीय तह, घरवालासँग मिलेर घरवालालाई पनि मार नर्पने गरी र भाडामा बस्ने व्यवसायीहरूलाई पनि मार नर्पने गरी काम गर्ने विचार छ ।

– तपाईंलाई पूर्वअध्यक्षहरूले पनि सहयोग गर्ने प्रतिवद्धता गरेका छन् त्यो सम्भव होला ?
सम्भव छ । उहाँहरू मेरै पक्षमा लाग्नुभएको छ । हिजो पनि बाहिर हुनुहुन्थेन । अहिले पनि बाहिर हुनुहुन्न । उहाँहरू हिजो अध्यक्ष पदमा उठ्दा पनि मैले उहाँहरूलाई धेरै नै सहयोग गरेको थिएँ ।

– धेरै मतदातामध्ये नेवार मतदाता पनि हुनुहुन्छ । उहाँहरूले त विजय श्रेष्ठलाई सपोर्ट गर्छन् भन्ने बजारमा हल्ला आउ“छ । तपाईंलाई कस्तो लाग्छ त्यो होला ?
त्यस्तो हुँदैन । सबै उद्योगी–व्यवसायीको विगतका वर्षहरूमा काम गरेको हुँदा मलाई लाग्छ त्यस्तो जातीय हिसाबको मतदान हुँदैन ।

– आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?
हिजो वहाँहरूले अत्यधिक बहुमतले जिताउनुहुन्थ्यो । अध्यक्ष पदमा पनि अत्यधिक मतले जिताउनुहुन्छ भन्ने आशा राखेको छु । मैले आफ्नो कार्यकालमा धेरैभन्दा धेरै काम गरेर देखाउने छु । विगतमा जुन हिसाबले काम गरेँ त्यसलाई निरन्तरता दिँदै सबैको साथ र सल्लाहमा काम गर्नेछु ।