Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • खुकुरी व्यवसायले फेरिएको दैनिकी

खुकुरी व्यवसायले फेरिएको दैनिकी

alt
  • जेठ २४, २०७६
  • ब्लाष्ट खबर

पुख्र्यौली पेशालाई आधुनीकिकरण र औद्योगीकरण गर्न सके स्वदेशमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने नमूना उदाहरण हुन्, मन्दिरा भोजपुरे खुकुरी उद्योग बडहरामाल–२ बन्दीपुरका सञ्चालक ४५ वर्षीय टङ्कबहादुर विश्वकर्मा ।

पुस्तौनी रुपमा खुकुरी बनाउँदै आएका विश्वकर्माले खुकुरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । यही व्यवसायबाट उनले आफ्ना दुई छोरा, एउटी छोरीलाई लेखपढ र राम्रै थातथलोको पनि जोहो गरेका छन् ।

खुकुरी व्यवसायको आम्दानीबाटै विश्वकर्माले आफ्ना जेठा छोरा विष्णुलाई व्यवस्थापनमा स्नातकोत्तर, कान्छो छोरोलाई इञ्जिनीयर र छोरीलाई स्टाफनर्स पढाउन सफल हुनुभएको छ । उनले खुकुरी व्यवसायबाटै जिल्लाकै बडहरामालमा तीनतल्ले पक्की घर जोड्न सफल भएका  छ ।

पुख्र्यौली घर भोजपुरबाट धरान हुँदै विसं २०५५ मा सिरहाको बन्दीपुर आएका विश्वकर्माले खुकुरी निर्माणकार्यलाई व्यावसायिकरूपमा सञ्चालन गरेको बताए । खुकुरीकै कमाइबाट स्थानीय बन्दीपुर बजारमा एउटा सुन पसल जेठो छोराले चलाइरहेका जानकारी दिँदै उनले भने, “जेठो छोरो विष्णु स्थानीय राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयमा लेखापालको काम पनि गर्छ, बाँकी समय सुन पसलमा बस्छ र फुर्सदको समयमा हामीलाई पनि सघाउँछ ।”

खुकुरी उद्योगमा आफूसहित भोजपुर, खोटाङ र तेह्रथुमका १२ कालिगढले काम गर्ने आएका बताउँदै टङ्कबहादुरले भने, “एक कालिगढ मासिक रु ३० हजारभन्दा बढी कमाउँछन्, सीप र जाँगर भएकालाई विदेशभन्दा आफ्नै ठाउँमा कमाउन सकिन्छ ।” मन्दिरा भोजपुरे खुकुरी उद्योगमा उत्पादन हुने खुकुरीको मूल्य न्यूनतम रु ४०० देखि अधिकतम रु पाँच हजारसम्म पर्ने गरेको छ । “खुकुरी बनाउन मात्रै समस्या हो, अहिलेसम्म बजारको खासै अभाव भएको छैन्”, उनले भने ।

आफूले बनाएका खुकुरी सेना, सशस्त्र प्रहरी क्यम्पमा एकै पटकमा चार–पाँच सय बिक्री हुने गरेका उनले बताए । त्यसबाहेक बर्दिवास, जनकपुर, सर्लाही, वीरगञ्ज, हेटाँैडाका व्यवसायी र छिटपुट ग्राहकले लैजाने गरेका उनले जानकारी दिए ।

पछिल्ला दिनमा मेला महोत्सवलाई पनि बजारका रूपमा लिएको उल्लेख गर्दै उनले भने, “यस्ता मेला तथा महोत्सवमा पनि राम्रो व्यवसाय हुने गरेको छ, गत वर्ष लहानमा भएको सगरमाथा महोत्सवमा रु दुई लाख मूल्य बराबरको कारोबार भयो ।” अत्याधुनिक हतियारको विकास भए पनि खुकुरी व्यवसायमा कुनै फरक नआएको विश्वकर्माको भनाइ छ ।

एक कार्यक्रममा बन्दीपुर आउनुभएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल र एनआरएनका तत्कालीन अध्यक्ष उपेन्द्र महतोलाई आफूले बनाएको खुकुरी उपहारका रुपमा दिएको उनले सुनाए । उनेले गर्वका साथ भने, “त्यस समय प्रचण्डलाई खुकुरी उपहार दिएको विषयमा स्थानीयस्तरमा राम्रै चर्चा भएको थियो, त्यसबेला जनयुद्धबाट आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई खुकुरी उपहार दिन पाए ।” 

सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved