सुनसरी/ इटहरीमा होटल खुल्ने क्रम बढेको छ । आन्तरिक तथा वाह्य पर्यटकको आगमनलाई सहजता दिँदै व्यवसाय सञ्चालन गर्ने उद्देश्यले होटलमा लगानी गर्नेको क्रम बढेको हो ।
यसैक्रममा इटहरीमा झण्डै १२ करोड रुपैयाँको लगानीमा होटल इन टुरिष्ट प्यालेस सञ्चालनमा आएको छ । इटहरी सङ्गीतचौकमा पराजुली परिवारले सो होटल सञ्चालनमा ल्याएका हुन् । पूर्वको एक प्रमुख व्यपारिक शहर इटहरीमा विकास हुँदै गएको इटहरीमा ठूला लगानीका होटल खुल्ने क्रम बढ्दो छ ।
होटल इन टुरिष्ट प्यालेसको कलाकार कालीप्रसाद बाँस्कोेटाले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरे । पयटकीय दृष्टिकोणले मुलुकको महŒवपूर्ण हिस्सा ओगट्र्दै आएको प्रदेश नम्बर १ का धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रमा आउने आगन्तुकहरूलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको युवा व्यवसायी एवम् होटलका म्यानेजिङ डाइरेक्टर मिसन पराजुलीले जानकारी दिए । होटल उद्घाटनका अवसरमा पूर्व सांसद् रेवतिरमण भण्डारी, उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रोहित प्रसाईं, टङ्क दुलाल, डिएसपी समीरचन्द्र खरेल राजीव ढुङ्गाना, पर्यटन व्यवसायी सुनिल भुषाल लगायतले बोलेका थिए ।
होटलमा आवासका लागि २३ वटा कोठा रहेको पराजुलीले जानकारी दिए । साथै इकोनोमीदेखि लिएर प्रेसिडेन्टल स्विट्स रुमसम्म रहेका छन् । अण्डरग्राउण्ड बाहेक ६ तलाको होटल रहेको छ । साथै होटलमा पार्किङसहित सुविधा रहेको होटलका अध्यक्ष ईश्वरी पराजुलीले जानकारी दिए । ६० जना अट्ने सेमिनार हलसमेत रहेको छ । तारे होटल बराबरको व्यवस्थापन गरिएको म्यानेजिङ डाइरेक्टर पराजुलीले बताए ।