उर्लाबारी । नगरका महिलाहरुलाई आत्म निर्भर तथा उद्यमी बनाउने उदेश्यले संचालीत पट्टेलको व्याग बनाउने सात दिने तालीम बिहीबार संम्पन्न भएको छ ।
नेपाल उदमशिल महिला संघ नगर समिति उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालीका वडा नं.–७ को आर्थीक सहयोगमा भएको सो तालीममा वडाका १५ जना महिला सहभागीलाई प्रशिक्षक पार्वती चौधरीले सिकाईएकी थिईन ।
खोलाको बगरमा उपयोग बिहीन अवस्थामा रहेने पट्टेल जातको घाँस बनस्पतीलाई महिलाहरुले बोक्ने हाते व्याग निर्माण गरी बिक्री वितरण गर्न सके आत्मनिर्मर र घरेलु महिलाहरुको वेरोजगार हट्न सक्ने उदेश्यले तालीमको आयोजना गरीएको आयोजक संस्थाकी मिना कार्कीले बताउदैँ उत्पादन कार्यमा लाग्न सहभागीहरुलाई सुझाव गरेकी छन ।
एक साता सम्म सिकेको पट्टेलको व्याग बनाउने तालीम उपयोगी भएको आवश्यक स्रोत र कच्चा पदार्थको खोजी गरी उत्पादन गर्ने सहभागी अनु दाहालले बताएकी छन । सो संस्थाले यस अघि नगरका महिलाहरुलाई दिएको मोती माला तथा अचार बनाउने तालीमबाट केही महिलाहरु व्यवसायीक बनेका अध्यक्ष कार्कीले बताएकी छन ।