धरान / सरकारको सय वटा गन्तव्य सूचीमा परेको धरानको विजयपुरलाई सिर्घान यहाँका वडा अध्यक्ष कृष्णपूसाद भट्टराई लागि परेका छन् । आन्तरिक पर्यटकहरुलाई घुम्न रातीको सयममा उज्यालो बनाउन धरानको सिंहदेविबाट दन्तकाली मन्दिरसम्म प्ग्ने बाटोमा २५ वटा बत्तिको व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । प्रदेश सरकारको बजेटको वृहत्तर विजयपुर योजना अन्तर्गत सिढी तथा बत्ति बाल्ने लगाउने काम गरिएको हो ।

Untitled-2 copy
हिन्दु आराध्यदेव शिवको पहिलो पत्नी सतिदेवीले आत्मदाह गरेपछि उनको शव बोकेर ब्रम्हाण्डमा घुम्ने क्रममा सतिदेवीको दात पतन भएको विश्वासमा दन्तकालीमा पूजा आज गरिदैं आएको छ । नेपालका प्रमुख शक्तिपीड मध्य दन्तकाली पनि एक मानिन्छ । दशैको नौरथामा यहाँ नौ दिन भव्य उत्सव हुने गरेको वडा अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार दन्तकाली जान बाटो धरानको सिंहदेविदेखि करिव ढेड किमी क्षेत्रमा सिढी निर्माण गरि सिढीको भित्तामा धरानका सबै धार्मिक स्थानको चित्र बनाएको छ । ‘गुरु योजना नै बनाएर धरानको विजयपुरलाई उत्कृष्ट गन्तव्य बनाउन थालिएको छ । शुरुमा सिंहदेविदेखि बाटोबाट शुरु गरिएको छ ।’–वडा अध्यक्ष भट्टराईले भने ।

dantakali
पूर्वको प्रसिद्ध धार्मिक तिर्थस्थल धरान–१४ स्थित दन्तकाली मन्दिरमा पित्तलको छाना लगाइएको छ । यस अघि छानामा ग्रेनाइट लगाइएको थियो ।

Untitled-5 copy
सतिदेविको दन्तपतन भएको स्थान दन्तकालीमा साढे ३३ लाख बढी लागतमा मन्दिरमा पित्तलको छाना लगाउने काम धमाधम भइरहेको दन्तकाली मन्दिर सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिए ।
प्रदेश सरकारको ५० लाख बजेटबाट काम गरिएको धरान–१४ का वडा अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए । पौराणिक तथा पुरात्तात्विक महत्वको यो मन्दिरको छानामा केही समयअघि ग्रेनाइट लगाइए पनि आधुनिक निर्माण सामग्री प्रयोग गर्न नपाइने भन्दै पुरात्तत्व विभागले रोक लगाए पछि पितल लगाइएको हो ।
Untitled-3 copy Untitled-4 copy Untitled-6 copy