बेलबारी / मोरङको केराबारी गाउँपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत दलित तथा मुसहर वस्तीमा घर निर्माण शुरु भएको छ ।
प्रदेश र केन्द्र सरकारले जनता आवस कार्यक्रम मार्फत मोरङको केराबारीका मुसहर तथा दलित वस्तीमा ३० वटा घर निर्माण गरिदिने भएको छ । गाउँपालिका वडा नं. ९ को बेलचौरीमा २० वटा र वडा नं. ६ को दलित बस्तीमा १० वटा आवास बन्न लागेको केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बूले जानकारी दिइन ।
वडा नं. ९ को बेलचौरीमा रहेको मुसहर तथा दलित बस्तीमा जनप्रतिनिधिहरुको टोलीले विहीवार वस्तीको अवलोकन गरि नामावली संकलन समेत गरेको छ । साथै आवास निर्माणको लागि निर्माण समिति तथा सहयोग समिति गठन भएको छ ।
वस्ती अवलोकन कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बू,पालिकाका प्रवक्ता जंगराज भुजेल, वडाध्यक्षहरु नारायण चेम्जोङ, भुपतिन्द्रप्रताप मल्ल,कार्यपालिका सदस्य मनमाया मगर,वडा सदस्य नरबहादुर मगर,दोर्ण मगर लगायतको उपस्थिति रहेको थियो ।