काठमाडौं / सरकारले अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि ५ अर्ब १ करोड विनीयोजन गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी दिने र रोजगारी नपाउने कस्तो सदस्यलाई निर्वाहा भत्ता उपलब्ध गराउने भन्ने विषयमा पनि कार्यविधि तयार भएको छ।
सरकारले १० हजारभन्दा बढी जनसंख्या रहेको स्थानीय तहमा अधिकृत सरहको रकम दिएर रोजगार संयोजक नियक्त गरेको छ । १ रोजगारी नपाउने नागरिकलाई कम्तीमा १०० दिने रोजगारी सकरारले दिने र रोजगारीको लागि आवेदन दिने तर रोजगारी नपाउने एक परिवारको सदस्यलाई ५० दिन बराबरको निर्वाहा भत्ता उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ।