धरान/ सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ग्राहकलाई लक्षित गर्दै मेघा एक्स्चेञ्ज क्याम्प अफर ल्याएको छ ।
यो योजना जेठ १३ गतेदेखि १९ गतेसम्म सुजुकीको आधिकारिक बिक्रेताहरूमा लागू गरिएको कम्पनीले जनाएको छ । जसमा जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटीहरू परिवर्तन गरी सुजुकीको स्कुटी तथा मोटरसाइकल खरिद गर्न सकिने जनाइएको छ ।
यो योजनामा गुड्दै नगुड्ने तथा चालु अवस्थामा रहेका मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ कम्पनीले प्रदान गर्ने जनाएको छ । कम्पनीले समय सापेक्ष मोटरसाइकल तथा स्कुटी एक्सचेञ्ज क्याम्प राखेर ग्राहकरूलाई सेवा प्रदान गरिरहेको कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ ।