धरान । एनआइसी एसिया बैङ्कले धरान–१८ बुद्धचोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । यो बैङ्कको २ सय ८४ औं शाखा हो ।

बैङ्कका सञ्चालक विनोदकुमार प्याकुरेलले सोमबार शाखाको उद्घाटन गरे । ग्रामीण क्षेत्रहरूमा शाखा विस्तार गर्ने क्रममा धरान र विराटनगरको मिल्सएरिया क्षेत्रमा बैङ्कको शाखा खुलेको धरान शाखा प्रबन्धक दिवाकर भट्टराईले बताए । धरानमा यसअघि नै धरान–१२ स्थित महेन्द्रपथमा एनआइसीको शाखा सञ्चालित छ ।

बैङ्कको देशभर २ सय ८९ वटा एटिएमहरू सञ्चालनमा छन् । ४१ व्टा एक्सटेन्सन र २८ वटा शाखारहित बैङ्किङ सेवा प्रदान गरिरहेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । विराटनगरस्थित मिल्सएरिया शाखाको उद्घाटन बैङ्कका अर्का सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका थिए ।