कुनै बेला धरानको ‘डन’ भनेर चिनिने दिनेश राईको परिचय अहिले त्यो छैन । विगतको नकरात्मक परिचयको ढोबलाई पूरा गर्न उनी कुन न कुनै हिसाबले सामाजिक गतिविधिका क्रियाशील छन् । युवाहरूलाई कुनै न कुनै रोजगारीमा संलग्न हुनु पर्दछ, स्वरोजगार हुनु पर्दछ भन्ने मान्यता राखेर बेरोजगार युवाहरूलाई काम गर्न प्रोत्साहन गर्छन् । यति बेला त्यो बेलाको दिन बद्लिएको छ । उनको परिचय पनि बद्लिएको छ । तायामा सप्लायर्स् सञ्चालन गरेर व्यवसायी पहिचान बनाएका छन् । पछिल्लो समय त झन उनी व्यवसायीहरूको हकहितका लागि काम गर्न सुनसरी उद्योग वाणिज्य संघमा जाने तयारी थालेका छन् । आगामी जेठ २७ गते सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । वाणिज्यतर्फबाट उनले पनि उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । उनको उम्मेद्वारी किन र के का लागि भनेर हामीले प्रश्न सोधेका थियौ । उनकै शब्दमा जवाफः

व्यवसायीहरुमा चन्दा आतङ्क रोक्न उम्मेद्वारी
व्यापारीहरुमा हुने गरेको चन्दा आतङ्क भयाबह छ । यसको अन्तका लागि पनि मेरो उमेद्धवारी हो ।
तायामा सप्लायर्सको नामबाट बिगत ५ वर्ष देखि व्यापार व्यवसाय गर्दै आएको छु । फर्मबाट इलेक्ट्रोनिक, कपडालगायत साना तथा ५० लाख सम्मको सामानहरू सप्लाई हुँदै आएको छ । यस अघि पनि विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिए । अव व्यवसायीहरूको नेतृत्व गरेर व्यवसायीहरुमा हुने चन्दा आतङ्क निर्मुल गर्नु मेरो पहिलो प्राथमिकता हुने छ ।
धरानमा राजनितिक दलको आडमा केहिले विशेषगरी साना व्यापारीहरुमा चन्दा आतङ्क भयावह रहेको छ । त्यका अलवा टोले गुण्डाहरुले पनि धक्की दिने र रकम असुल्ने गरेको छ । स्थानिय प्रशासनले पनि व्यापारीको सुरक्षा दिन सकिरहेको छैन, म स्थानिय यूवा हु मैले आवाज उठाउनु पर्छ त्यसैले मैले उमेद्धवारी दिएको हु ।

भित्तामा नाम लेखामउन मात्र संघमा जान्छन्
विगतमा पनि यूवाको उम्मेद्वारी त हुने गरेको थियो । तर उनीहरु भित्तामा नाम लेखाउन मात्र सफल भए । मेरो उम्मेद्वारी भित्तामा नाम लेखाउन मात्र होइन । म मात्र संघमा जान ेहोइन, युवा जोस जागार पनि मसँगै जाने छ ।

समय दिन नसक्नेहरुको संघमा हालीमुहाली
व्यापारीका माझ चुनावका ताकामात्र नमस्ते गदैं पुग्ने परिपाटीृ बस्यो । चुनाव जिते पछि व्यवसायीहरुमा फर्केर नजाने गर्छन । मेरो विचार प्रष्ट छ । जो समय दिन सक्दैंन उसले संघमा जान रहर गर्नु हुदैंन । व्यापारी तथा व्यावसायीहरुलाई भेट्ने तथा कार्यलयमा हाजिरसम्महुन समय दिन नसक्नेहरुले उम्मेद्वार िदिनु हुदैंन भन्ने मेरो मान्यता हो । संघमा मेरो १८ घण्टा समय छुट्याउने छु । ६ घण्टा आरम गर्ने छु ।