धरान / धरान–१३ स्थित जानकी सामुदायिक टोल सुधार समितिको प्रथम अधिबेशन तथा कोलेनी मार्गको सडक शनिवार उद्घाटन गरिएको छ ।
२० फिट चौडाईको ४ सय ५ मिटर लम्वाई सडकको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए । दीपेन्द्र प्रहरी विद्यालयदेखि जानकी चोकसम्म ड्रेनसहितको सडक निर्माणको लागत ७७ लाख रहेको जानकी टोल सुधार समितिका अध्यक्ष बखतबहादुर गुरुङले बताए ।
महिलाहरु मात्रको उपभोक्ता समितिले निर्माण गरेको सडक उद्घाटनसँगै रत्तदान कार्यक्रमसमेत गरिएको सडक निर्माण समितिकी संयोजक धनकुमारी श्रेष्ठले जानकारी दिइन । स्थानीय ८० जनाले रक्तदान गरेका थिए । स्थानीय पूर्वाधार विकास योजना अन्तर्गतको बजेटबाट सडक कालाे पत्रे गरिएको हो ।
यसै गरि अधिबेशनले बखतबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय जानकी सामुदायिक टोल सुधार समिति पुनः गठनसमेत गरेको छ । समितिको उपाध्यक्षमा हरिप्रसाद गिरी, सचिवमा प्रताव गौतम, सहसचिवमा युवराज श्रेष्ठ र कोषाध्यक्षमा कमलशंकर नेपाल रहेका छन् । यस्तै सदस्यहरुमा मञ्जु भण्डारी, गोमा तामाङ, भगवती श्रेष्ठ, चक्र खड्का, प्रकाश दाहाल र नविन राइ रहेका छन् । अधिबेशनले ७ सदस्यीय सल्लाहाकार समितिसमेत गठन गरेको छ ।