धरान / धरानको बगरकोटबाट कट्टीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १५ का २२ बषीृय बिनय राना मगर र सोही वडाका २२ बर्षीय अर्का युवा राजु गुरुङलाई धारीलो हतियार कट्टी १ थान र खुकुरी २ थान सहित पक्राउ गरेको हो । उनीहरु हतियारसहित होहल्ला गरी रहेको अवस्थामा फेला पारी निजहरुलाई कट्टी खुकुरीसहित पक्राउ गरी अभद्र ब्यवहारमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट हिरासतमा राख्ने म्याद आज थप गरि अनुसनधान थालिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
धरानबाट खुकुरी र कट्टीसहित २ पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































