दमक / पाचथरमा ९ जनाको हत्या हुदा भागेर ज्यान जोगाउन सफल १३ बर्षीया सीता खजुमको झापामा उपचार भईरहेको छ । मंगलबार दिउसो उनलाई पाचथरबाट एम्बुलेन्समा राखेर झापाको दमक ल्याईएको हो । दमकस्थित लाईफलाईन अस्पतालमा उनको उपचार भईरहेको छ । उनको दाहिने हातमा चोट देखिएको छ ।
अनुहारमा मुखुण्डो लगाएर आएको व्यक्तीले आफुलाईसमेत खेदाएको तर आफु मकैबारीमा लुक्दै स्थानीय छिमेकीको घरमा रातभर लुकेर ज्यान जोगाउन सफल भएको बताएकि छन् । ‘कस्ले घट्ना घटायो भन्ने थाहा भएन । मान्छे चिनिएन । मख्ण्डो लगाएर आएको थियो ।’–उनले भनिन ।
उनलाई दमकस्थित लाईफलाईन अस्पताल ल्याए लगत्तैबाट प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबी, दमक प्रहरी, १ नम्बर प्रदेश प्रहरीबाट आएको बिशेष टोलीले थप अनुसन्धान गरिरहेको छ ।

हत्या भएका  बमबहादुर फियाकका कान्छा ज्वाईँ र छोरी मनकुमारी बिच पारिवारीक कलहका कारण एक बर्ष यता सम्बन्धबिच्छेदको माग गर्दै मनकुमारी माइतीमै बस्दै आएकी बताइएकाे छ ।  मृतक मानबहादुरले सम्बन्धबिच्छेद गर्न नमानेको र सम्बन्धबिच्छेदकै कारण दुइ परिवारका नौं जनाको सामुहिक हत्या गरी मानबहादुरले आत्माहत्या गरेको हुन सक्ने प्रहरीले जनाएकाे छ ।