पाँचथरको मिक्लाजुङ गाउँपालिका वाडा नम्बर ३ आरुबोटेमा भएको दुइ परिवारका नौं जनाको सामुहिक हत्यामा सोहि गाउँपालिका वाडा नम्बर ७ मा रूखमा झुन्डीएको अवस्थामा फेला परेको शव हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाईँ अन्दाजी वर्ष ४०का  मानबहादुर माखिम भएको पुष्टी भएको छ । 

सामुहिक हत्या भएको  जानकारी पाएको केहि बेरमा झुन्डीएको अवस्थामा फेला परेका सोहि गाउँपालिका वाडा नम्बर ८ बस्ने फियाकका कान्छा ज्वाईँको हत्यामा संलग्नता रहेको हुन सक्ने घटना स्थलमा रहेका प्रहरीले बताएका छन् । उनि  झुन्डीएकाे स्थानमा खुकुरी र रगतले लतपतीएको कपडा भेटिएको जानकारी पाएको घटना स्थलमा रहेका ब्लाष्ट सम्बातदाता केशव खड्काले बताएका छन् ।

हत्या भएका  बमबहादुर फियाकका कान्छा ज्वाईँ र छोरी मनकुमारी बिच पारीवारीक कलहका कारण एक बर्ष यता सम्बन्धबिच्छेदको माग गर्दै मनकुमारी माइतीमै बस्दै आएकी र मृतक मानबहादुरले सम्बन्धबिच्छेद गर्न नमानेको र सम्बन्धबिच्छेदकै कारण दुइ परिवारका नौं जनाको सामुहिक हत्या गरी मानबहादुरले आत्माहत्या गरेको हुन सक्ने स्थानियलाइ उद्रीत गर्दै  ब्लाष्ट सम्बातदाता खड्काले बताएका छन् ।