धरान । धरान उपमहानगरपालिका वाडा नम्बर १७मा लागुऔषध सहित एक जना पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यलय धरानबाट गस्तीमा खटिएकाे टाेलिले अाइतबार धरान उपमहानगरपालिका वाडा नम्बर १७ स्थित फोकल्यान टापुमा लागुऔषध सहित साेहि वाडाकाे डाँडा घाेपा बस्ने बर्ष २४ को करण खड्कालाई पक्राउ गरेकाे छ ।
टाेलीले संकास्पद अवस्थामा फेला परेका खड्काकाे शरिर खानतलासी गर्दा पेन्टको गाेजिमा लुकाएकाे अवस्थामा अबैध लागुऔषध स्पास्मो प्रोक्सिभन प्लस १३६ क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यलय धरानले जनाएकाे छ । पक्राउ परेका खड्कालाई लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याथ थप गरी इलाका प्रहरी कार्यलय धरानको हिरासतमा राखीएकाे कार्यलयले जनाएकाे छ ।