यासोक (पाँचथर)। पाँचथरको कुम्मायक गाउँपालिकामा सडक ढाक्ने गरी गोलिया राखेको पाइएको छ । यासोक माङजाबुङको फिक्कल सडकमा सडक ढाक्ने गरी व्यवसाहीले गोलिया राख्ने गरेका छन । स्थानीयको निजि बनबाट गोलिया काटेर सडक भित्रै राख्ने गरेका व्यवसाहीलाई सडक भित्र गोलिया नराख्न स्थानीयतहले समेत आग्रह गर्दै आएका छन । गोलिया हटाउँन गरेको निर्देशनलाई व्यपारीले पटक पटक उल्घन गर्दै आएका छन । अटेर बन्दै सडक नै अवरुद्ध हुने गरी सडकमा गोलिया राखेको स्थानीय नरेन्द्रकुमार श्रेष्ठले बताए ।

सडक आसपास खुल्ला स्थान भए पनि सवारी गुढ्न मुस्कील हुने गरी सडकमा गोलिया राखेको श्रेष्ठको भनाई छ । दैनिक माङजाबुङ–फिदिम सवारी आवत जावत गर्दै आएका छन । कतिपय समयमा सडकको गोलिया हटाएर सवारी चलाउँनु पर्ने चालकको गुनोसो छ । जथाभाबी सडकमा गोलिया राख्दा दृर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गोलिया हटाउँन स्थानीय प्रसाशन समक्ष आग्रह गर्दै आएका छन ।

बन जङगलमा काटिएका गोलिया ट्याक्टरबाट सोझै सडक भित्र राख्ने गरिएको छ । सडकमा गोलिया राख्न व्यवसाहीको प्रतिस्प्रधा नै हुने गरेको छ । दैनिक जसो बनका कर्मचारी गोलियमा टाँचा हान्न खटिने गरेका छन । व्यवसाहीसंगै हिड्ने गरेका कर्मचारीले सडकमा गोलिया राख्दा कुनै प्रतिक्रिया जनाएका छैनन् । सडकमा राखिएका गोलिया व्यवस्थापन तर्फ कार्यालयले कुनै चासो दिएको छैन । यस अघि पनि जिल्लाको फाल्गुनन्द गाउँपालिकाको उत्तरे–यासोक सडक खण्डमा गोलिया राखेर सडक अस्तव्यस्त बनाएको खवर सेलाउन नपाउँदै पुनः सडकको मापडण्ढ मिचेर जथाभाबी गोलिया राखेको पाइएको हो ।

सडक अवरुद्ध हुने गतिविधि बढेको प्रति गाउँपालिकाले पनि चासो लिएको छ । सवारी आवगमनलाई सहज बनाउँन भन्दै कार्यालयले सडकका गोलिया हटाउँन एक हप्ते निर्देशन दिएको छ । स्थानीयको जनगुनासो र सडकलाई बाधा पर्ने गरी सडकमा गोलिया राख्ने क्रियाकलाव बढेको भन्दै गाउँपालिकाले यस्तो निदेशन दिएको हो । सडकमा सवारी दृर्घटना बढाउने भएको भन्दै पत्र काटेको वडा न. १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले जनाए । एक हप्ताको समयमा पनि गोलिया नहटाए सडकका गोलिया गाउँपालिकाले जफत गर्ने गरी निर्देशन भएको लावतीको भनाई छ ।