धनकुटा/आफ्नो बहिनीलाई जिस्काएको भन्दै जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.२ का एक युवकको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

आईतबार धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.२ का २२ बर्षिया सन्तोष लिम्बूलाई सोहि वडाका बर्ष २५ को घनेन्द्र लिम्बुले घारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

बैशाखे पूर्णीमाको अवसरमा साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा रातभर नाचगान र खानपीनसंगै गरेका साथीलाई घनेन्द्रले आप्mनो चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेका थिए । छुरी प्रहारबाट सान्तोषको बिहान करिव ५ बजे घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुाटाले जनाएको छ ।

छुरा प्रहार गर्ने घनेन्द्र लिम्बूलाईू प्रहरी नियन्त्रणमा लिई सकिएको छ भने मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको जि.प्र.का धनकुटाका प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिएका छन् ।