धरान । ईलाका प्रहरी कार्यालय धरानले गर्दै अाएकाे समुदाय - प्रहरी साझेदारी प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत शुक्रबार धरान उपमहानगरपालिका वडा नं. १९ स्थित श्री किरातेश्वर मा.वि.मा 

लागुऔषध दुर्व्यसनी,लागुऔषधको परिचय,दुर्व्यसनीमा फस्नुको कारण,त्यसबाट हुने असर र त्यसबाट बच्ने उपाय तथा विद्युतिय उपकरणको प्रयोग गरी हुने साईबर क्राईम अपराध सम्बन्धि चेतना मुलक कक्षा संचालन गरेकाे छ । विद्यालयका म.वि. स्तरका करीब ७० जना विद्यार्थीकाे उपस्थितीमा कक्षा संचालन भएकाे इलाका प्रहरी कर्यलय धरानले जनाएकाे छ ।