देउराली । धरान उपमहानगरपािलका वा नम्बर २ स्थित सदनरोडमा रहेको  दिपक मेडिकलमा अबैध औषधी खरिद बिक्री गर्दै गरेको अवस्थामा मेडिकल संञ्चालक र खरीदकर्ता दुबै पक्राउ परेका छन् । 

अबैध औषधी खरिद बिक्री हुदै गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको टोलीले बुधबार मेडिकलमा अबैध औषधीको बिक्री गर्दै गरेको अवस्थामा धरान २ का २९ बर्षीय दिपक साहलाई पक्राउ गरेको हो । त्यस्तै औषधी खरिद गर्दै गरेका धरान ८ का २५ बर्षीय कमल  लिम्बुलाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट Taple 50 नामकोऔषधी २४६ क्याप्सुल, Spaspain नामकोऔषधी ३९२ क्याप्सुल र Pregabalin नामकोऔषधी ३३ क्याप्सुल  बरामद गरेकाे छ । 

पक्राउ परेका दुबैलाइ थप अवश्यक कार्वाहीको लागी बिहिबार औषधी ब्यवस्था बिभाग कार्यालय बिराटनगरमा बुझाईएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ढुण्डीराज न्याैपानेले जनानकारी दिए । 

Spaspain, Pregabalin र Taple 50 नामक यी औषधीहरू दुखाइ कम गर्न प्रयोग गरिन्छ । तर यी तीनैवटा मिलाएर खादा लागुऔषाधको काम गर्ने भएकाले डाक्टरको पुर्जी बिना खरीद बिक्री गर्न पाइदैंन ।