दमक /  झापाको दमकमा गएराति एक युवाको खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनका अनुसार झापा दमक ५ का दिपक चौलागाईको खुकुरी प्रहारबाट सोही स्थानका यादव राई र उनकी श्रीमती पेमा तामाङ घाइते भएका हुन् । राईको टाउकोमा चोट लागेको र बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पेमाको भने सामान्य चोट देखिएको छ ।
दमक ५ की बिन्दु थापालाई यादवले मोवाइलमा म्यासेज पठाएर अनावश्यक दुख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । बिन्दुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।