झापा । झापाको मेचीनगर नगरपालिका-३ मेची आँखा अस्पताल अगाडीबाट प्रहरीले बुधवार लागूऔषध खैरो हेरोईन सहित १ जनालाई पक्राउ गरेको छ । अपरान्ह साढे ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २ ग्राम ४२ मिलिग्राम खैरो हेरोईन र नगद १९ हजार सहित सोही ठाउँ बस्ने बर्ष ३१ को दिनेश बि.क. लाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क. लाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।