भण्टावारी / सीमावर्ती क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि लागूऔषध कारोबारीहरुले नयाँ नयाँ जुक्ति अपनाएर कारोबार गर्ने गरेको पाइएको छ । यसैक्रममा सुनसरीको कोशी गाउँपालीका ८ भण्टावारी बाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । भारतीय बजार बाट को १ च ५८७२ नम्बरको भ्यानको ड्यास बोर्डमा चस्माको कभरभित्र प्लास्टिकमा बेरेर ल्याउदै गरेको लागूऔषध सहित गाडीमा सवार ६ जनालाई पक्राउ गरिएको बिओपी भण्टावारीले जनाएको छ । 

भारतीय बजार भिमनगर बाट लागूऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा भण्टावारी स्थित तिनकुने नाकामा चेकजाँचको क्रममा ६ वटा स्पासमो ट्याबलेट सहित ६ जना लाई नियन्त्रणमा लिई आवश्यक छानबिन तथा कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारीले जानकारी दिए । लागूऔषध सहित पक्राउ पर्नेहरुमा धनकुटा साधुरी नगरपालिका ६ बस्ने वर्ष ४० का ठाकुर कुमार लिम्बू, धरान उपमहानगरपालिका ८ बस्ने ३४ वर्षका सुनिल भुजेल, वार्ड नम्बर १४ बस्ने ४० वर्षका पुष्कर पौडेल, वार्ड नम्बर १ बस्ने ३७ वर्षका राजीव कार्की, वार्ड नम्बर ८ बस्ने वर्ष ४२ का कृष्ण थापा र धरान उपमहानगरपालिका १५ बस्ने वर्ष ३२ का पुष्कर श्रेष्ठ रहेको भण्डारीले बताए । उनीहरू नियमित रूपमा भारतीय बजारमा गएर लागूऔषध सेवन गर्नेहरु रहेकोे उनले बताए ।

दिनहुुँ १ सय देखि १५० को संख्यामा नेपाल बाट युवाहरुले लागूऔषध सेवन तथा ओसारपसार गर्न भारतीय बजार भिमनगर, बिरपुर धाउने गरेको भण्डारीले बताए । लागूऔषध रोकथाम गर्नु निकै चुनौती छ् सशस्त्र प्रहरी निरीक्षक भण्डारीले भने हामीले चेकजाँचमा कडाइ गरेपनि कारोबारीहरु नयाँ नयाँ तरिका प्रयोग गरी कारोबार गर्छन् । कडा चेकजाँचपछि मात्र नाका बाट आउने जाने गरिने दिएको बताउदै भण्डारीले कारोबारहरु लाई नियन्त्रणमा लिएपनि लागूऔषध सेवनकर्ता लाई सम्झाई बुझाई छाड्ने गरिएको बताए । 
drug-smagling-car-arrested
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
पछिल्लो समयमा विभिन्न स्थानबाट गाडी रिजर्भ गरेर समूहमा आउने कारोबारीहरुले विभिन्न प्रकारका क्रीमको डब्बा, चिसोको बोतल, चस्माको खोल सहित नदेखिने ठाउँमा प्रतिबन्धित औषधी लुकाएर ल्याउने गरिएको भण्डारीको भनाइ थियो । मोटरसाइकलको लुकिङ ग्लास रबर, सिटमुनी, डिक्की, कार र टेम्पोको चेकजाँचमा सुरक्षाकर्मीले कडाइ बढाएपछि लागूऔषध कारोबारीहरुले ओसारपसार गर्ने तरिका फेरेको हो । 
 
सोही क्रममा बिओपी भण्टावारी बाट खटिएको टोलिले चेकजाँचको क्रममा चस्माको खोलमा हालेर चालक बस्ने ढोका नजिकै हुने ड्यास बोर्ड भित्र लुकाएर ल्याउदै गर्दा लागूऔषध सहित ६ जना लाई नियन्त्रणमा सीमा सुरक्षा बल बिओपी भण्टावारीले जनाएको छ । चालु आर्थिक वर्ष २०७५र०७५ मा बिओपी भाण्टावारीले १४ जनालाई ठुलो परिणाममा प्रतिबन्धित विभिन्न प्रकारका लागूऔषध सहित नियन्त्रणमा लिएको छ ।