तुहियो श्रमिक अस्पतालको सपना

  • बैशाख ३१, २०७६
  • धनबहादुर पुरी

इटहरी/ एक वर्षअगाडि सुनसरीको दुहबीमा खोल्ने भनिएको श्रमिक अस्पताल तत्काल नबन्ने भएको छ । सरकारी जग्गामा श्रमिक अस्पताल बनाउने भन्दै प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली त्यहाँ पुगेर अस्पताल बनाउने वाचासहित केही निर्णय गरेको थियो । सन् २०१८ मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा सुविधा सम्पन्न श्रमिक अस्पताल बनाउने उद्देश्यका साथ त्यसको नाप–नक्सादेखि व्यवस्थित गर्ने बारे पनि छलफल शुरु भएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले श्रमिक अस्पताल बनाउने ठोकुवा गरेका थिए । 
 
सङ्घीय सरकार अन्तर्गत श्रम मन्त्रालले वीरगञ्ज र विराटनगरमध्ये एक ठाउँमा गतवर्ष श्रमिक अस्पताल खोल्ने तयारी गरेको थियो । ५ सय शøयाको श्रमिक अस्पताल खोल्न विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल र जग्गाको खोजी पनि गरियो तर अस्पताल खोल्ने योजना अहिले तुहिएको छ ।
 
दुहबी नगरपालिकाले अस्पतालका लागि ८ बिघा जग्गा प्रदान गर्न बोर्डबाट निर्णय गरी सामाजिक विकास मन्त्रालयमा सम्पूर्ण कागजातसमेत पठाएको दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले बताए । आवश्यक पर्ने जग्गा आफूहरूले उपलब्ध गराउने भनेर सबै कागज पठाइएपछि मन्त्रालयको टोली त्यहाँ पुगेको  गच्छदारले बताए ।
 
‘सङ्घीय श्रम मन्त्रालयका कर्मचारी, प्रदेश सामाजिक विकास मन्त्री, उद्योगी व्यवसायीहरूलाई बोलाएर जग्गा पनि देखाएका थियौं’ प्रमुख गच्छदारले भने, ‘साउनमा श्रममन्त्री गोकर्ण विष्ट स्वयम् आएर जग्गा हेरेर जानुभएको थियो तर पनि अझै काम शुरु हुने सुरसार देखिएन ।’
 
नेपाल सरकारको कल्याणकारी कोषमा रहेको १९ अर्ब रुपैयाँबाट प्रदेश १ को दुहबी र प्रदेश २ को वीरगञ्जमा ५ सय शøयाको श्रमिक अस्पताल निर्माण गर्ने श्रम मन्त्रालयले बताएको थियो । तर सामाजिक सुरक्षा ऐन आएपछि उक्त रकम सामाजिक सुरक्षा कोषमा रकमान्तर भएपछि अस्पताल बनाउने योजना सेलाएर गएको नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताए ।
 
पार्क बनाउने तयारी 
कोशी राजमार्गभन्दा करिब अढाई किलोमिटर पश्चिममा रहेको ८ बिघा जग्गामा अस्पताल निर्माण गर्ने भनिएको जग्गामा हाल पार्क बनाउने तयारी दुहबी नगरपालिकाले गरेको छ । अस्पताल बनाउने निर्णय गरेको १ वर्ष पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखाएपछि दुहबी नगरपालिकाले पार्क बनाउन लागेको हो । 
 
निजी क्षेत्रसँगको सहकार्यमा पार्क निर्माणका लागि ६५ करोडको डिपिआर समेत तयार भइसकेको मेयर गच्छदारले बताए । अब सुन्दर पार्कको परिकल्पनासहितको काम अघि बढाइएकोले अब पार्क बनाउने काम शुरु भएपछि अस्पताल निर्माणको काम हुन नसक्ने स्पष्ट पारे । 

आगोले पोलेकी बालिकाः ...

कालाबञ्जार । आगोले पोलेर गम्भीर घाइते बनेकी बालिकाको उप ...

लिपुलेक क्षेत्रको अव ...

धरान । नेपाली सेनाको टोली भारतले मिचेको भूमि लिपुलेक क् ...

धनगढीको कोरोना अस्पत ...

धरान । कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका ५० वर्षीय एक ...

भ्याट बिल नकाटी सामा ...

धरान । भ्याट (अन्त शुल्क) बिल नकाटी खाद्यान्न ढुवानी गर ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved