सिरहा / प्रदेश नं.२ का ८ जिल्लाको जनजीवन कष्टकर बनेको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन कष्टकर बनेका छन । तातो हावा र चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन समेत कष्टकर बनको छ ।
सिरहा जिल्लाको विभिन्न ठाउँहरुमा केही दिनदेखि बढेको गर्मी कारण जनजीवन प्रभावित बनेको छ । बिहानदेखि साँझसम्म चर्को घाम लाग्दा सिरहाको विभिन्न ठाउँहरुमा गर्मीको कारण सर्वसाधारणको दैनिक जिवन कष्ठकर बन्दै आएको छ । बिहानदेखि साँझसम्म चर्को घामको कारण घर ÷ पसलबाट निस्कनै नसक्ने अवस्था आएको सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.९ मा वस्ने करिव ४९ वर्षका संजयकुमार यादवले बताए
गर्मीका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दै जीवनयापनसमेत प्रभावित बनेका छन । सिरहा जिल्लामा ३४ देखि ४० डिग्री सेल्सियस्सम्म तापक्रम रहेकाले खुला ठाउँमा काम गरेर गुजारा गर्ने मजदुरहरुको जीवन अरुको भन्दा बढी कष्टकर बनेको कल्याणपुर नगरपालिका वडा नं.६ मा वस्ने प्रदिप कुमार साहले बताए ।
सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको उपस्थिती घट्दो छ । वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरु समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् । गर्मी बढेसंगै वृद्धवृद्धा तथा बालबालिकाहरु विरामी हुने क्रम समेत बढेको छ । फोहर तथा दुषित पानी, बासी तथा सडेगलेका खाना, लामखुट्टेको टोकाई, गर्मीमा पसिना बढि निस्कदा हुने पानीको कमीका कारण अहिले विरामी बढ्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए ।
गर्मीले झाडापखाला, हैजा, टाउको दुख्ने, बान्ता हुने, छालाको एलर्जीलगायतका संक्रमण हुने चिकित्सक हरूले बताए । गर्मीयाम बढ्दो छ, चिल्लो पिरो, तारेको तथा बासी सडेगलेका खाना नखान चिकित्सकहरुले सुझाएका छन् । प्रशस्त रुपमा सफा पानी पिउने, बढि गर्मी भए घरबाहिर ननिस्कने, बाध्यता नै भए छाता लिएर बाहिरजान पर्ने प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए ।
































