क्रोध, अभिमान, स्वार्थ र षड्यन्त्रको 

चक्रव्यूहबाट

देशले यो घडी उन्मुक्ति खोजिरहेको छ 

भ्रष्टाचारको कालजयी शृङ्खलाबाट

युगौं युगदेखि देशले

आफूलाई फेर्न खोजिरहेको छ ।

 

सा“च्चै यतिबेला

माटो दुखेको छ

बाटो दुखेको छ 

चहराइरहेको घाउ सुम्सुम्याउ“दै

मेरो देशले तिमीलाई नै खोजिरहेको छ।

 

ए, युद्धनायक १

पूर्वबाट बग्ने लालीमास“गै

रक्तिमध्वजा फहराउ“दै आउ

विभेदले अनिष्ट निम्त्याउ“दैछ

अमानवीयता विरुद्ध

तिमी दुन्दुभी बजाउ“दै आउ ।

कालरात्रीको अन्त्य गर्न

चट्याङरुपी नगराहरू बजाउ“दै आउ

आधिहुरी लिएर आउ

तिमी आउने बाटोमा

आफ्नै रगतले म अभिषेक गरौंला

आततायीहरूको महलहरूमा

म आफैंलाई लाभा बनाई छरौंला । 

 

तर तिमी आउनुपर्छ

ए, युद्धनायक १

तिमी आउ“दा परिवर्तनका

पतकाहरू फहराउ“दै आउ

माटो दुखेको छ 

बाटो दुखेको छ

तिमी आउ“दा मेरो भरोसास“गै

सुन्दर बिहानी लिएर आउ । 

– धरान, सुनसरी