धरान / अस्थायी रहेको विराटनगर महानगरलाई पूर्ण रुपमा स्थायी राजधानी र सबै कार्यालयहरु विराटनगरमै राख्न माग गदैं सोमबार विराटनगर बजार बन्द गराइएको छ ।
विराटनगर महानगरपालिका, उद्योगी व्यापारी र नागरिक समाजहरुकोलगायतले स्थायी राजधानी घोषणा गराउन माग गर्दै बिहानै देखि यातायात पसल बन्द गराएका हुन ।
आइतबार प्रदेशसभामा बहुमत प्राप्त दल नेकपाले बृहत्त विराट क्षेत्र अन्तगृत व्यवस्थापिका र कार्यकापालिका संरचना रहनेगरी विराटनगर स्थायी राजधानी घोषणा गराउन प्रदेशसभामा प्रस्ताव दर्ता भएपछि विराटनगरबासी सरकारका संरचना विकेन्द्रीकृत नगर्न माग गदैं आन्दोलन गरेका हुन ।
विराटनगरकी उपमेयर इन्दिरा कार्कीको सहभागिता, राजधानी घोषणा शान्तिपूर्ण दवाव समितीका संयोजक प्राडा भेषप्रसाद धमलाको अगुवाईमा भए आन्दोलन भएको हो । बन्दलाई संघीय समाजवादी, राजपा र कांग्रेसले पनि सर्मथन गरेको छ ।
बन्दले जनजीवन प्रभावित भएको छ । सवारी साधानहरु चलेका छैनन् ।  

नेकपाको संसदीय दलले विराटनगरलाई मुख्य राजधानी मानेर बृहत्तर विरा ट क्षेत्र अन्तर्गत सुनसरीको इटहरी र मोरङको सुन्दरहरैंचा क्षेत्रभित्र कार्यपालिका र व्यवस्थापिका लगायतका संरचनाहरु रहनेगरी स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता भएको छ । तर मुख्य प्रतिपक्षी दल कांग्रेस र संघीय समाजवादीले विराटनगर महानगरपालिकालाई नै स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गरि सकेको छ ।

दर्ता भएका प्रस्तवाहरु सोमबार प्रदेश सभामा प्रवेश गरेर सैद्धान्तिक स्विकृती प्राप्त गरेपछि मात्र छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।