धरान । होटल एसोसिएसन अफ धरानले वैशाखको अन्तिम साता १५ औं धरान सडक उत्सव लगाउने भएको छ ।

वैशाख २८ गतेदेखि चल्ने तीन दिवसीय उत्सवमा धरान आसपासको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने भएको छ । उत्सवमा टुर प्याकेज पनि सञ्चालन गरिने भएको छ । एसोसिएसनका अध्यक्ष सरोज भट्टराईले स्थानीय उत्पादन, अग्र्यानिक खाद्यवस्तुलाई प्राथमिकतामा राख्ने बताए । धरान–१२ चतरालाइनमा सडक उत्सव लगाइने भएको छ । उत्सवमा ८० भन्दा बढी स्टल राखिने तयारी भएको छ । उत्सवमा डेढ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । धरानमा २०५५ सालदेखि सडक उत्सव लगाउँदै आएको छ ।

उत्सवमा जातीय खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु उत्पादनको स्टल हुने राखिने बताए । संयोजक सुवर्ण श्रेष्ठका अनुसार पर्यटकहरूलाई लक्षित गरेर ३ प्रकारको टुर प्याकेज राखिएकोे छ । खानाबिनाको एक दिने प्याकेज, खानासहितको प्याकेज र एक रातसहितको टुर प्याकेज रहेका छन् । उत्सवमा करिब १० लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।