भरौल / वराहक्षेत्र–५ स्थित विशालचौकमा पर्ने सर्दुखोलाको पुलको शुक्रबार शिलान्यास गरिएको छ ।
प्रदेश सांसद् भीम आचार्यले पुलको शिलान्यास गरेका छन् । सांसद् आचार्य सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । पुल शिलान्यास गर्दै स्थानीयबासीलाई अब दुःखका दिन गएको सन्देश प्रवाह गरे । उनले चाँडै बाङ्गे, कालाबञ्जार, तिनकुने, विशालचौक हुँदै धरानसम्म कालोपत्र हुने पनि बताए । करिब दुई वर्षभित्र कालोपत्रे भइसक्ने उनले बताए । शिलान्यासको क्रममा वराहक्षेत्रका नगर प्रमुख निलम खनाल पनि सहभागी थिए । ६० दशमलव ८ मिटर लम्बाइ रहेको पुलको ४ करोड ३३ लाख ८० हजार ७ सय २१ रुपैयाँमा ठेक्का लागेको छ ।