धरान । नेपालमा पहिलाे पटक बर्ड फ्लु (एच फाइभ एन वान)का कारण मानिसकाे मृत्यु भएकाे छ । स्वास्थ मन्त्रालयले बिहिबार सम्मेलन गर्दै साेकाे जानकारी गराएकाे छ ।
मृत्यु हुने कभ्रे जिल्लाका २१ वर्षीय एक युवा रहेकाे स्वास्थ मन्त्रालयले बताएकाे छ । मृतक काे नाम भने खुलाइएकाे छैन ।
तक युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
उपचारकाे क्रममा उनकाे चैत १५ गते मृत्यु भएककाे मन्त्रालयले जानकारी दिएकाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइए र्यालमा कुन भाइरस हाे भन्ने प्रमाणीत गर्न नसकेपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको र जापानमा भएकाे परीक्षणमा नमुनामा बर्ड फ्लु भएको प्रमाणीत भएकाे मन्त्रालयले जानकारी गराएकाे छ । मन्त्रालयका अनुसार नेपालमा बर्ड फ्लु (एच फाइभ एन वान)का कारण मानिसकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे ।
सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ।
मानिसमा यो भाइरसको संक्रमण हुँदा ८६० मध्ये ४५४ जना करिब आधाजति बिरामीको मृत्यु भएको तथ्यांकले देखाउँछ।