विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रको होटल तथा रेष्टुरेन्टको आवरणमा हुने अवैध यौन धन्दा बढदै गएको छ । यहाँको केही होटल तथा रेष्टुरेष्टहरूमा डर, त्रास र जवरजस्ती रूपमा किशोरीलाई यौन धन्दामा लगाउने गरेको रहस्य बाहिर आएको हो ।
होटल संचालिकाले भने अनुसार यौन सम्पर्क नगरे ज्यान मार्नेदेखि विभिन्न डर, त्रास देखाएर किशोरीहरूलाई करकापमा पारेर यौन धन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
रेष्टुरेन्टको आवरणमा बालिका र किशोरीलाई जवरजस्ती अवैध रुपमा यौनधन्दामा लगाउने विराटनगर– ९ रोडशेष चौक स्थित ‘टिफिन रेष्टुरेन्ट’ को संचालिकासहित दुई जना पुर्पक्षको लागि थुनामा गएको एक महिनापछि पुनः विराटनगरमै एक होटल संचालिकासहित चार जना पक्राउ परेका हुन ।
डर, त्रास देखाएर किशोरीहरूलाई अवैध यौन धन्दामा लगाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका चार जनलाई प्रहरीले अदालतमा ‘मानव वेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीमा मुद्दामा म्याद थप गरि अनुसन्धान पुरा गरेपछि अभियुक्तलाई १२ वैशाखमा अदालत उपस्थित गराएको थियो । विराटनगरको वेलकम होटल संचालिकसहित तीन जनालाई मोरङ अदालतले मंगलबार पुर्पक्षको लागि थुनामा राख्न र एक जनालाई धरौटिमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत मोरङको ४ नम्बर इजालसमा भएको थुनछेक बहसपछि न्यायधिश दिपक खनालको आदेशले होटल संचालिका विराटनगर– ३ की ४६ वर्षीय शुसिला ढुङ्गगेल (अधिकारी), विराटनगर –७ घर भइ सिरहाको लहान बस्ने ३२ वर्षीय नुर जमाल र बुढीगंगा गाउँपालिका– ३ का ३५ वर्षीय आशिष महतोलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।
त्यस्तै सिरहा धनगढीमाई नगरपालिका – ११ का २८ वर्षिय सन्तोष कुमार परियारलाई १ लाख रुपैयाँ धरौटिमा छोडन अदालतले आदेश दिएको थियो । मंगलबार साझसम्म अदालतले तोकेको धरौटि रकम बुझाउन नसकेपछि परियारलाई थुनामा पठाएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए । अदालतको आदेशपछि उनीहरू जिल्ला कारागार मोरङमा छन् ।
मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६७ बमोजिम उनीहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

किशोरीलाई धम्की दिदैं ग्राहकसँग यौन सम्पर्क गर्न लगाउने गरेको बयान
वेलकम होटलमा काम गर्ने बसेकी किशोरीलाई होटलमा आउने ग्राहकसँग मोटो रकम लिएर संचालिक सुशिला र आशिष महतोले धम्की दिदै पटक–पटक यौन शोषणमा लगाउने गरेको अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख छ । होटलमा आएका ग्राहकसँग यौन सम्पर्क गराए वापत होटल संचाकिकाले ५ हजारदेखि ७ हजार रुपैयाँसम्म लिने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अन्य दुईलाई जब्वरजस्ती करणी मुद्वा
ती किशोरीलाई होटलमा आउने सन्तोषकुमार परियार, कटहरी गपा– ३ का सुजीत कुमार चौधरी र विराटनगर– ६ का ४१ वर्षीय बसन्त राजवंशीले पनि जर्वजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिलको कार्यालयले उनीहरूलाई पनि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । करणी गर्ने चौधरी र राजवंशी भने फरार छन् । फरार भएकाहरूलाई प्रहरीले खोजी गर्दै आएको छ । मोरङ प्रहरीले यौन धन्दामा लगाउने होटला संचालिकासहित चार जनालाई गत चैत १७ गते विराटनगरबाट पक्राउ गरेको थियो । जवरजस्ती करणी गरेपछि नुर जमालले बा.१८ च. ३१०६ सेतो कारमा राती उर्लाबारीतर्फ लैजाने क्रममा मोरङ प्रहरीले विराटनगर ४ बगरगाछी चौकबाट पीडित किशोरीलाई उद्धार गरेको थियो । पीडित परिवारका अभिभावले छोरी हराएको प्रहरीमा जाहेरी दिएपछि चार जनालाई पक्राउ परेको हो ।

यस अघि रेष्टुरेन्टको आवरणमा डर, त्रास देखाएर तीन जना बालवालिकाहरूलाई यौन धन्दामा लगाउने प्रिया भनिने पुर्णिमा श्रेष्ठ र सोही रेष्टुरेन्टमा काम गर्ने कल्पना भनिने टिका चौधरी पुर्पक्षको लाथि थुनामा छन् । १३ चैतको मोरङ अदालतको आदेशपछि उनीहरू मोरङ कारागार विराटनगरमा छन् ।