देउराली । मकवानपुर प्रहरीले ७१ किलाे गाँजा सहित दुर्इ जनालाइ पक्राउ गरेकाे छ ।
नाराययणगढ सडकखण्डमा पर्ने लेबवटारबाट खरीद गरी ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएर लैजादै गर्दा रौतहटको चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ । मकवानपुर प्रहरीका अनुसार गौरीशंकार यादवले उक्त गाँजा १ लाखमा खरीदगरी बिक्रीकालागी लगीएकाे हाे । उनिहरूका साथबाट नगद ३१ हजार रुपैयाँ बरामाद गरेको मकवानपुर प्रहरीले जनाएकाे छ ।