Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • नयाँ शक्ति पार्टीका पूर्व संयोजक रातो हाब्रेको छालासहित पक्राउ

नयाँ शक्ति पार्टीका पूर्व संयोजक रातो हाब्रेको छालासहित पक्राउ

alt फाइल तस्बिर
  • वैशाख १६, २०७६
  • ब्लाष्ट खबर
 
धरान / नयाँ शक्ति पार्टी जुम्लाका पूर्वसंयोजक धीरज महत संरक्षित वन्यजन्तु (रेडपाण्डा) रातो हाब्रेको छालासहित प्रक्राउमा परेका छन् । रेडपाण्डाको छालासहित महत गत चैत १८ गते बाँके जिल्लाबाट पक्राउ परेका थिए ।
 
पार्टीका पूर्वसंयोजक महत पार्टी नीति र नियमविपरीत कार्यमा संलग्न रहेकाले यस्तो कार्यमा पार्टीको कुनै संलग्नता नरहेको सो पार्टीले स्पष्ट पारेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टीले पूर्वसंयोजक महत व्यक्तिगत लोभमा परी पार्टीलाई समेत बदनाम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
पार्टीका जिल्ला इञ्चार्ज नरेन्द्रनाथ योगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा महतले राष्ट्रिय वाणिज्य बैंक जुम्लामा रहेको पार्टीको खातामा व्यक्तिगत प्रयोजन प्रयोग गरेको अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको जनाइएको छ । पार्टीको हितविपरीत कार्यमा संलग्न निज महतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा महत पार्टीको संयोजक हुँदा उनकाे नाममा खोलिएको खाताको दुरुपयोग भएकाप्रति र कालोबजारीमा संलग्न रहेको पाइएकाले पार्टीको कारवाहीमा परेको जनाइएको छ । उता जिल्ला वन कार्यालय बाँकेका रेञ्जर रमेश बुढाथोकीले अहिले कार्यालयले यस विषयमा थप अनुसन्धान गरिरहेको बताए । अनुसन्धानका क्रममा पक्राउ परेका महतले आफूसँगै अन्य दुई जनाको संलग्नता रहेको बताएको पाएका छन् । अहिले सीप विकास कार्यालयमा इलेक्ट्रिसियन पदमा कार्यरत बब्लु भनिने कमाल लुदिन इन्द्रिस र समीर नाम गरेका ठेगाना खुल्न नसकेको यकिन व्यक्ति भएको बताए ।
सम्बन्धित समाचार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ

भद्रपुर । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको ५४ थान गोलीसहित दुईजना ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरा ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
रहस्यमय बन्दै अंशु हत्या घटनाः १९ दिन बित्दा पनि हात लागी शून्य
धरान–चतरा सडक खण्डको गौरी खोलामा सडक भत्कियो
आईजीपी कार्कीका अवसर र चुनौतीहरू
आजको राशिफलः २०८२ साल कात्तिक २६ गते बुधबार
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved