पाँचथर / कुम्मायक गाउँपालिका–१, यासोकस्थित भदौरैमा रुखबाट लडेर एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ६१ का बिन्द्रमान लाओती रहेको प्रहरीले जनाएको छ । उनको आइतबार साँझ छ बजे घर नजिकैको पैंयुको रुखबाट लडेर मृत्यु भएको हो । बाख्राको घाँस काट्न रुख चढेका लाओती अचानक लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।