Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

चीनमा कमिलासहितको बेलायती ‘पार्सल’ बरामद

alt
  • वैशाख १५, २०७६
  • ब्लाष्ट खबर
 
छाङ्सा / बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ । चीनको मध्य क्षेत्रमा रहेको हुनान प्रान्तको छाङ्साबाट हालै कमिलासहित बरामद भएको पार्सलमा एक हजारभन्दा बढी ‘हार्भेस्टर एन्ट’लाई उसको खानाका लागि आवश्यक पोषणयुक्त खानासहित टेस्ट ट्यूवमा बन्द गरिएको अवस्थामा भेटिएको हो ।
 
चीनमा विदेशी जीवलाई पाल्ने सोख बढिरहेका समय कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुनसक्ने बताइएको छ । बरामद ‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा एक दशमलब चार सेन्टिमिटर लामो काला तथा राता रानी कमिलाहरू रहेका र उनीहरू पनि अन्य कमिला झैँ टेस्ट ट्यूवमा खानासहित बन्द अवस्थामा भेटिएको हुनान प्रान्तको राजधानी छाङ्साका भन्सार अधिकारीहरूले बताएका छन् ।
 
रानी कमिलासँगै ठूलो सङ्ख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको भन्सार श्रोतले जनाएको छ । “सबै कमिला ‘हार्भेस्टर एन्ट’ प्रजातिका रहेका र सुन्दर भएका कारण जीव पाल्न सौखिन चिनियाँबीच उनीहरूको लोकप्रियता रहेको छ,” एक अधिकारीले बताए । उक्त प्रजातीका कमिलाको प्रजनन् छिटो हुने भएकाले उनीहरूलाई हुर्काउन सहज मान्ने गरिएको जीवप्रेमी चिनियाँहरूले बताएका छन् । चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानूनी बन्देज रहेको छ । अधिकारीले भनेका छन्, “गैरकानूनीरूपमा आयात गरिने विदेशी कमिलाको प्रजातिका कारण मुलुकको पारिस्थितिक सन्तुलनमा जोखिम हुन्छ ।” चिनियाँ कानून अनुसार ती कमिला र पार्सललाई प्रक्रिया पु¥याएर नस्ट गरिने छ । चीनको फस्टाउँदो इ–कमर्सका कारण सर्प, साना ठूला किरा र छेपारो प्रजातीका विदेशी जीवहरूको आयात बढ्दो देखिएको छ । यसका कारण विदेशी जीव र कहिलेकाहीँ सङ्कटापन्न जीवको अवैध कारोबार गर्ने गरेको आरोप बेलावखत चीनमाथि लाग्ने गरेको छ ।
सम्बन्धित समाचार
बस दुर्घटना : १८ महिने बालकसहित ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा आइतबार अपराह्न ...

एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’

धरान । एनसेलले नेपालको सहयोगमा नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना भइ ...

आइसियु तत्काल बनाऊ

कोशी प्रदेशकै ठूलो मानिएको सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल यतिबेला आफ् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बस दुर्घटना : १८ महिने बालकसहित ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’
आइसियु तत्काल बनाऊ
आजको राशिफलः २०८२ साल माघ ५ गते सोमबार
भाषामा मानकीकरणका प्रयास र सुधारका उपाय
हर्क साम्पाङले दिए राजीनामा
धरानको जिरोपोइन्टको दुर्घटनामा पाँचको मृत्यु, १३ घाइते (अपडेट)
धरानको जिरोपोइन्टमा स्कुल बस दुर्घटना, चारको मृत्यु
बालेनले दिए राजीनामा, हर्कको के होला ?
बाँसझ्याङमा जुवाको अखडा: नगद तीन लाखसहित चार पक्राउ
कोशी अस्पतालको आइसियु चार दिनदेखि बन्द
सुनचाँदीको मूल्य वृद्धि
काङ्ग्रेसमा चलेको संस्थापनको अलाप
जमिनको सतहभन्दा सडक उच्च बनाइएको भन्दै स्थानीयको आपत्ति
धरान उपमहानगर प्रमुख साम्पाङ सम्मानित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved