इनरुवा / सुनसरीको हरिनगर गाउँपालिका २ रामनगर भुटहाबाट आइतबार गाईको टाउको जस्तो देखिने प्रहरीले फेला पारेको छ ।
गाइ काटेर बिक्रि वितरण गरिरहेको छ भनि स्थानीयवासीको गोप्य सूचनाको अधारमा गाईको टोउको जस्तो देखिने पशुको टाउको प्रहरीले फेला पारेको हो ।
हरिनगर गाउपालिका २ रामनगरभुटहा स्थित बास झारीमा गाईको टाउको जस्तो देखिने पशुको टाउको फेला परेको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।
स्थानीयहरुको गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जादा प्रहरीले गाईको जस्तो देखिने पशुको टाउको फेला परेको प्रहरी नायव उपरीक्षक फुयालले बताए ।
फेला परेको पशुको टाउको गाइको हो वा गौरुको हो त्यो बिषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।