भद्रपुर । नेपाल प्रहरीले झापाका विभिन्न क्षेत्रबाट साढे चारलाख रुपैयाँ मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ ।

प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीटोलीले मेचीनगर नगरपालिका ६ र ७ स्थित बिभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका कपडा ,सेतोमटर, चप्पल– जुत्ता, बिभिन्न किसिमको किराना सामान, खाने जिरा गरी अन्दाजी चार लाख २५ हजार मूल्य बराबरको सामान बरामद गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार क्षेष्ठले जानकारी दिए ।

त्यसैगरि दक्षिणी कचनकवल गाउँपालिका ६ सिजिमारी स्थानबाट २ ओटा साइकलमा राखेर नेपाल तर्फ ल्याउदै गरेको साइकलको टायर २२ थान,अगरबत्ति १३० पाकेट, सुर्ती २९५ पाकेट, खानेतेल २ टिन र साइकल समेत गरि अन्दाजी साढे ३४ हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जनाए ।