पथरीशनिश्चरे  / सामाजिक सञ्जाल ‘इमो’मा उपहार परेको बहाना बनाएर मोरङको पथरीशनिश्चरे १० का ६ जना मानिसबाट २ लाख ५० हजार रुपैयाँ ठगी भएको छ ।

सिरहा ठेगाना र बुलेन्द्रप्रसाद यादवले स्थानीय अञ्जना श्रेष्ठसँग इमोमा कुरा गर्दै जाँदा पहिले २५ लाख र पछि ४० लाखको चिठ्ठा परेको बताए । त्यसपछि सो रकम प्राप्त गर्नका लागि खर्च लाग्ने भन्दै जम्मा ३ लाख ३० हजार रकम मागेका थिए । चिठ्ठा परेको भन्ने कुराबाट मख्ख परेर अञ्जनाले आफ्नो भएभरको गहना बेचेर २ लाख ५० हजार रुपैयाँ पथरीको आइएमइबाट पठाए पछि ठगीएको रहस्य खुलेको हो । त्यसपछि अञ्जनाले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएकी छन् ।

अञ्जनाले आफुले सवै पैसा हालिदिए पनि विभिन्न ६ जनाको नाममा पैसा पठाइएको छ । अञ्जनाको ३० हजार, सविना दहालको ६० हजार, गंगाकुमार कट्टेलको ५० हजार, मञ्जीत तण्डुकारको ५० हजार, अनुपा पौड्यालको ३० हजार र सृजना रायको १५ हजार पठाएको देखिन्छ । सो रकम वैशाख ११ गते बुलेन्द्रका साथै अनिलकुमार दास, श्यामप्रसाद यादव र श्यामकुमारको नाममा पठाइएको छ ।