फत्तेपुर  / सप्तरीको कन्चनरुप नगरपालिका –९ मा आज बिहान भएको बस दुर्घटनामा एक जना मृत्यु भएको छ । पछाडीबाट अर्को बसले ठक्कर दिदा ना५ख ७९३७ नम्बरको बस सडक छेउमा रहेको चिया पसलमा छिर्दा एक जनाको मृत्यु भएको हो । घट्नामा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकले पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चियापसलमा चिया पिइरहेका सोही नगरपालिका ८ का देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका सुनरलाल महतो र असर्फि मण्डलत घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै बसमा सवार मोरङको केराबारी गाउँपालिका ५ का कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ का पुर्णबहादुर लावती, बाराको अमलेखगं नगरपालिका २१ की शान्ती खड्का, शान्तिको ४ वर्षका छोरा घाइते भएको बताइएको छ ।