Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • खुल्लामञ्चमा चल्यो डोजर, भाडावालाकाे रूवाबासी

खुल्लामञ्चमा चल्यो डोजर, भाडावालाकाे रूवाबासी

alt
  • वैशाख १४, २०७६
  • रमेश लम्साल/रासस
 
काठमाडौँ /  राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ ।
राजनीतिक आन्दोलन एवं सार्वजनिक सभाका लागि महत्वपूर्ण मानिएको सो स्थानमा पछिल्लो समय केही व्यापारीले कब्जा गरेका छन् । खुलामञ्चको अग्रस्थानमा भानु मावि पुनःनिर्माणका लागि निर्माण सामग्री थुपारिएको छ । यस्तै अस्थायी रुपमा बसपार्क बनाइएको स्थानमा अवैधरुपमा सटर निर्माण गरी बिक्री गरिएको छ । अवैधरुपमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाइएको काठमाडौँको पुरानो बसपार्कको सटर तथा कबल आज डोजर लगाएर हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइएको हो । सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए ।
काठमाडौँ महानगरले सार्वजनिक जग्गामा सटर बनाउन दिएको विषयमा चौतर्फी विवाद तथा आरोप प्रत्यारोपसमेत भएको थियो । सार्वजनिक स्थान व्यक्तिले कब्जा गरेको पाइएपछि आज डोजर लगाइएको हो । सुरक्षाकर्मीसहित काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत उपस्थित भई नयाँ बनाइएका ४३ सटर हटाइएको हो ।
 
खुलामञ्चमा नयाँ ४३ र पुराना नौ गरी ५२ सटर सञ्चालनमा थिए । महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द विकाइ बिल्डर्स प्रालि’ बीच २०७४ वैशाख ८ मा सहमति भएको थियो । पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण गर्ने गरी महानगर र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकाइ विल्डर्सबीच सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा निर्माण व्यवसायीले पुरानो बसपार्कमा काठमाडौँ टावर निर्माण प्रक्रिया शुरु गरेपछि बसपार्क खुलामञ्चको उत्तरतर्फ सारिएको थियो । बसपार्क उक्त स्थानमा सारिएपछि निर्माण व्यवसायीले सार्वजनिक स्थानमा सटर निर्माण गरी व्यापारीलाई भाडामा लगाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरपालिका र सुरक्षाकर्मीको टोलीले बसपार्कका सटर भत्काउन थालेपछि सटर भाडामा लिएका व्यापारीको भने भागाभाग भएको थियो ।
उनीहरुले आफूहरुले ठेकेदार मनोज भेटवालसँग भाडामा लिएको बताएका छन् । डोजर चलेपछि सामान स्याहार्दै मलिन मुद्रामा मनमाया खत्रीले भनिन, “मैले ठेकेदारलाई रु ११ लाख रकम बुझाएर पाँच वर्षका लागि भाडामा लिएको थिए तर आज एक्कासि डोजर चल्यो, भाडामा लगाउने ठेकेदार पनि छैन, मैले कसरी पैसा उठाउने चिन्ता छ ।” यस्तै अर्का व्यापारी सन्तोष कार्कीले पनि भेटवाललाई एउटा सटरको रु १५ लाख बुझाएको बताइन । अधिकांश व्यवसायीले सटरको सामानसमेत निकाल्न पाएनन् भने केहीले हतारहतार डोजर चल्दै गर्दा सामान निकालेका थिए । आफूले गरेको लगानी बालुवामा पानी भएको भन्दै उनीहरु चिन्तित देखिन्थे । डुबेको पैसा कसरी उठाउने भन्ने चिन्तामा उनीहरु परेका थिए । कोही सामान कुरेर बसेका थिए भने कोही गलत व्यक्तिको पछाडि लाग्दा समस्यामा परेको बताएका थिए । उनीहरुले व्यापार व्यवसायका लागि सहज हुन्छ भन्दै सटर भाडामा लिएको भए पनि सूचना नै नदिई सटर भत्काइएकामा गुनासोसमेत गरेका थिए । निर्माण व्यवसायी भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक रु एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएको व्यापारीले आरोप लगाए ।
 
सार्वजनिक स्थानमा बनाएका प्रतिसटर रु ११ लाख सलामी लिएर बिक्री गरेको व्यापारीले जानकारी दिएका छन् । सटर बनाउनुअघि नै भेटवालले रु पाँच करोड अग्रिम भुक्तानी लिइसकेको व्यापारीको आरोप छ । सटर भाडामा लिएका अधिकांश व्यापारी र निर्माण व्यवसायीबीच कुनै पनि प्रकारको लिखित सम्झौतासमेत नभएको पाइएको छ ।  प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सार्वजनिक स्थानमा कुनै स्वीकृति नै नलिई कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाइने बताए । “हामीले विगत केही दिनदेखि यसलाई सूक्ष्म तवरले अध्ययन गरिरहेका थियौ, महानगरपालिकाको आग्रहमा आज सटर तथा कवल खाली गराइएको हो ।” व्यापारी र निर्माण व्यवसायीबीच लिखित सम्झौता भए नभएकाबारे आफूलाई केही जानकारी नभएको उल्लेख गर्दै प्रजिअ आचार्याले भने, “व्यापारीले लिखितरुपमा उजुरी गरेको खण्डमा आवश्यक कारवाही गर्न प्रशासन तयार छ ।” 
 
व्यापारीले सटर निर्माण हुँदासम्म थाहा नपाएको महानगरले आफूहरुलाई सूचना नै नदिई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै आपत्ति जनाएका थिए । खुलामञ्च रहेको क्षेत्र महानगरको वडा नं २८ मा पर्छ । 
  • खुल्लामञ्च
सम्बन्धित समाचार
वराहक्षेत्रमा चर्कियो प्रमुख र शिक्षकबीचको विवाद

वराहक्षेत्र । सामाजिक सञ्जालको विषयलाई लिएर वराहक्षेत्र नगरपालिकामा शिक्षक ...

मल विवादः उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

सिरहा । मधेश प्रदेशको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले प्रमुख प्रश ...

राष्ट्रिय साझा पार्टीमा पुनः कोयी

धरान । राष्ट्रिय साझा पार्टी केन्द्रीय समितिको विशेष महाधिवेशनबाट नयाँ कार् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
वराहक्षेत्रमा चर्कियो प्रमुख र शिक्षकबीचको विवाद
मल विवादः उपप्रमुखको कार्यकक्षमा तालाबन्दी
राष्ट्रिय साझा पार्टीमा पुनः कोयी
हिमाली सङ्कटः स–साना ताल, ठूला खतरा
आजको राशिफलः २०८२ साल भदौ १६ गते सोमबार
हृदयरोग निवारण प्रतिष्ठानले मुटु बचाउन पदयात्रा गर्ने
बेवारिसे अवस्थामा गाँजा बरामद
स्वीमिङ पुलमा युवा मृत फेला
आजको राशिफलः २०८२ साल भदौ १५ गते आइतबार
मञ्जुलाको काव्यकारिता र ‘अक्षर–तरङ्ग’
चतरा अस्पताल भवन निर्माणमा ठेकेदारको लापरबाही
फोहोरमैला व्यवस्थापन गर्न ६ स्थानीय तहबीच साझेदारी
सुनको मूल्यमा नयाँ कीर्तिमान
जिल्ला प्रशासन सुनसरीकाे शाैचालयकाे दुर्दशा (फोटो फिचर)
कटान र पहिरोको मारमा वराहक्षेत्र मन्दिरवासी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved