ताप्लेजुङ । २२ मेगावाट क्षमताको कावेली हाइड्रोपावरको काम शुरु गरिएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित कावेलीखोलावाट उत्पादन हुने सो परियोजनाको काम बिहीबारबाट शुरु गरिएको जनसम्पर्क अधिकृत याम भण्डारीले जानकारी दिए । हाइड्रोपावरको इन्टेक ड्याम मामाङ्खेमा रहने र पावरहाउस भने सोही गाउँपालिकाको पेदाङ, तेल्लोक र मेहेलेको सिमानामा रहेको जोरपुल क्षेत्रमा रहने भण्डारीले बताए । ५ हजार ७ सय मिटर सुरुङ रहने परियोजनाको कुल लागत ४ सय ५० करोड रहने आयोजनाले बताएको छ । यसको काम कावेली हाइड्रोपावर तेस्रो कम्पनी प्रालिले गरिरहेको छ । परियोजनाको २०७९ साल पौष १ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।