धरान / धरान उपमहानगरपालिकाले ठूलो रासी खर्च गरेर धरानको मुख्य बजार क्षेत्रमा रेलिङ बनाएर फूलको गमलामा टमाटर फलेको छ ।
भानुचौकदेखि छाता चोकसम्म उपमहानगरपालिकाले बजारको सौन्दर्यता बढाउने भन्दैं ४० लाख भन्दा बढि खर्च गरेर फूल रोपेको थियो । विराटनगर-धरान छ लेनकाे बाटो विस्तार गर्ने तथा बजारमा साँगुरो भएको स्थानमा उपमहानगरले फूल रोपेर स्थानीयबाट व्यापक आलोचना भइरहेको बेला फूललाई उचित गोडमेल तथा हेरचाह नगर्दा गमलामा झार तथा टमाटर फल्न थालेको हो । धरान बजारलाई सुन्दर बनाउने लक्ष्यसहित स्व.मेयर तारा सुब्बाको परिकल्पनामा फुलका विरुवा रोपिएको थियो ।
एक बर्ष अघि घासले ढाके पछि कार्यवहाक मेयर मञ्जु भण्डारी तथा १८ नं. का वडा अध्यक्ष प्रविण राईसहितको टोलीले गोडमेल गरेको थियो ।
यस विषयमा कार्यवहाक मेयर मञ्जु भण्डारीले इष्टमार्ट टुरिजमको बेलामा आउने पर्यटकहरुलाई आकर्षण गर्न फूल लगाइएको अव फ्लोरिकल्चर एसोसिएसन अफ सुनसरीसँगको सहकार्यमा अव व्यवस्थित बनाउने तयारी भइरहेको बताएकीछन् ।